गणतन्त्र दिवसको अवसरमा भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन – आज १७ औँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनले भरतपुरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय, संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले राष्ट्रिय झण्डासहित नगर परिक्रमा गर्दै गणतन्त्र स्थापनाको महत्व र लोकतान्त्रिक व्यवस्थाको संरक्षणको सन्देश दिएका थिए।

प्रभातफेरी कार्यक्रम भरतपुरका विभिन्न मुख्य सडक हुँदै सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए।

हरेक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइँदै आएको छ। २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु