दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एशियन गेम्स क्वालिफायरका लागि टोली घोषणा

एटुजेड समाचार

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एशियन गेम्स क्वालिफायरका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

यसपटक क्यानले टोलीको नेतृत्वमा हेरफेर गर्दै नियमित कप्तान रोहित पौडेललाई कप्तानी जिम्मेवारीबाट हटाएको छ भने अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तान चयन गरेको छ। क्यानद्वारा सार्वजनिक गरिएको १४ सदस्यीय नयाँ टोलीमा पूर्वकप्तान रोहित पौडेल भने खेलाडीका रूपमा समावेश छन्।

घोषित नेपाली टोलीमा कप्तान दीपेन्द्र सिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी, साहव आलम र पूर्वकप्तान रोहित पौडेल रहेका छन्।

एशियन गेम्सको क्वालिफायर प्रतियोगिता आगामी मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ नेपालसँगै चीन, मलेसिया र कतार रहेका छन्।

त्यस्तै अर्को समूह ‘बी’ मा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन रहेका छन्। तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल मे ३१ तारिखका दिन बिहान ७:१५ बजे चीन विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले जुन २ मा कतार र जुन ४ मा मलेसियासँग समूह चरणका बाँकी खेलहरूमा प्रतिस्पर्धा गर्नेछ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु