चितवन – विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै Mates International Chitwan ले आयोजना गर्न लागेको ‘Mates Study Expo 2026’ को सम्पूर्ण तयारी पूरा भएको छ। एक्स्पो भोलि अर्थात् मे २२, २०२६ मा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका ५० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सहभागी विद्यार्थीहरूले scholarship opportunities, application fee waivers, course selection तथा visa प्रक्रिया सम्बन्धी प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।
एक्स्पोको विशेष आकर्षणका रूपमा British Council का प्रतिनिधिद्वारा IELTS Master Class तथा PTE विशेषज्ञद्वारा PTE Master Class सञ्चालन गरिनेछ। उक्त सेसनमा विद्यार्थीहरूले updated exam pattern, speaking तथा writing techniques, साथै उच्च स्कोर ल्याउने रणनीतिबारे प्रत्यक्ष प्रशिक्षण प्राप्त गर्ने अवसर पाउनेछन्।
त्यस्तै, कार्यक्रममा on-the-spot counseling, career guidance, documentation counseling तथा university interaction session समेत रहनेछ। विद्यार्थीहरूले विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफूअनुसारको अध्ययन गन्तव्य तथा कोर्स छनोटबारे विस्तृत जानकारी लिन सक्नेछन्।
आयोजकका अनुसार सहभागी सम्पूर्ण विद्यार्थीहरूका लागि gift hampers, games तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत विशेष व्यवस्था गरिएको छ। “हात खाली नजाने” अवधारणासहित आयोजना गरिने कार्यक्रममा आकर्षक उपहार जित्ने अवसर समेत रहने बताइएको छ।
सन् २००७ मा काठमाण्डौको पुतलीसडक मा र २००८ मा नारायणगढ मा स्थापना भएको Mate’s Education Pvt. Ltd. (trading asMates Int’l Education and Visa Services) शिक्षा तथा भिसा परामर्श क्षेत्रमा परिचित संस्था हो। संस्थाले नेपाल सरकारको शिक्षा मन्त्रालयबाट ०१ नम्बरमा स्वीकृति प्राप्त गरेको नेपालको अग्रणी शैक्षिक परामर्श संस्थाका रूपमा आफ्नो पहिचान बनाएको जनाएको छ।
विदेश अध्ययन परामर्श, विद्यार्थी भिसा प्रक्रिया, विश्वविद्यालय तथा कलेज भर्ना सहायता, IELTS, PTE तथा TOEFL तयारी कक्षा, टुरिस्ट तथा स्पाउस भिसा सहायता, documentation तथा SOP guidance, pre-departure briefing लगायतका सेवा प्रदान गर्दै आएको संस्थाले विद्यार्थीहरूलाई सही मार्गदर्शन, पारदर्शी प्रक्रिया तथा व्यक्तिगत काउन्सिलिङमार्फत अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज बनाउने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ भने सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएको छ।


