एस्टन भिल्लाको स्वर्णिम पुनरागमन, ४४ वर्षपछि युरोपा लिग उपाधि जित्यो

एटुजेड समाचार

काठमाडौंएस्टन भिल्लाले आफ्नो ३० वर्षको उपाधि खडेरी तोड्दै युरोपा लिगको उपाधि जितेको छ।

गएराति इस्टानबुलमा भएको फाइनलमा जर्मन प्रतिद्वन्द्वी फ्रेबर्गलाई सजिलै ३–० ले पराजित गर्न उपाधि हात पार्‍यो।

इंग्लिस प्रिमियर लिग क्लबका लागि योरी टेलेमन, इमिलिनो बुन्डेआ र मोर्गन रोजर्सले एक एक गोल गरे।

भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो। यस्तै भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो।

त्यति बेला सन् १९८२ मा भिल्लाले युरोपियन कप जितेको थियो। भिल्लाका स्पेनी प्रशिक्षक उनई एमरीले भने युरोपा कप जितेको यो व्यक्तिगत रूपमा पाँचौं पल्ट हो।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु