सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

काठमाडौं –  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे ।

‘हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं । सिमानाका कुरादेखि लिएर महंगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ?कहाँबाट फिर्ता गदैै छौं भन्ने कुरामा हामीले थुप्रै्र प्रश्न राख्न खोजेको छौं । तर सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने ।’

उनले भने,‘नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने ,उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । हाम्रो जोडदार माग छ । यो सदन र जनताप्रति सरकार जवाफदेही हुँनैपर्छ । जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ?प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु