ग्यास बुलेटको ठक्करबाट बाबु–छोरीको मृत्यु

एटुजेड समाचार

विराटनगर :  मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ।

हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार सडकमा गुडिरहेको ग्यास बुलेट आईसीपीतर्फ मोड्ने क्रममा साइकलमा सवारलाई ठक्कर दिएको थियो।

दुर्घटनामा विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उनकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको न्यौपानेले जानकारी दिए।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल पु¥याइएको थियो। तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

Forbes

घटनापछि दुर्घटनास्थल तनावग्रस्त बनेको थियो । स्थानीयको ठूलो भिड जम्मा भएपछि केही समय अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।

प्रहरीले ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु