नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माद्वारा पदभार ग्रहण

एटुजेड समाचार

काठमाडौँनवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका छन्।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेलगत्तै उनले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।

संवैधानिक परिषद्ले ६ जनामध्ये चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।

सोही सिफारिसका आधारमा आज संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदन भएको थियो। आजै नियुक्त उनले राष्ट्रपतिबाट सपथग्रहण गरेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु