काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको जानकारी गराइन् । उनले स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिए पनि धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक उपलब्ध नगराएको बताइन् ।
सांसद ढकालले प्रश्न गर्दै भनिन्, ‘जसले नागरिकको जीवन बचाउने जिम्मेवारी वहन गरेका छन्, तिनै स्वास्थ्यकर्मी असुरक्षित र असन्तुष्ट अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य सेवा कसरी सम्भव हुन्छ ?’
उनले पछिल्लो समय स्वास्थ्य सेवा खस्किँदै गएको टिप्पणी गर्दै समयमै उपचार र आवश्यक दबाब नपुग्दा दुर्घटनाका घटना बढिरहेको बताइन् । बिरामी र आफन्त गुनासो गर्न बाध्य भएको उल्लेख गर्दै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप लगाइन् ।
उनले भनिन् ‘देशभरका निजि तथा सामुदायिक अस्पतालमा स्वास्थ्य कर्मि न्युनतम पारीश्रर्मिक र सुरक्षितकार्य बातावरणको माग गदै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयको पटक पटक निर्देशन दिदा समेत धेरै अस्पतालले सरकारी मापदण्ड अनुसार पारीश्रमि दिएका छैनन् । प्रश्न उठ्छ जस्ले नागरिको जीवन बचाउने जिम्मा लिएका छन् । तिनै स्वास्थ्य कर्मि असुरक्षित अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य निर्माण कसरी सम्भव हुन्छ ।’
उनले थपिन ‘स्वास्थ्य सेवा खस्किदै गएको छ । समयमै प्रेसचर नहुँदा दुर्घटना बढ्दै गएका छन् । विरामि र आफन्तहरु गुनासो गर्न बाध्य छन् । सविंधानले सुनिश्चत गरेको स्वास्थ्यको मौलिक हक किन लागु हुन सकेको छैन ।


