काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको आसन्न महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने पूर्वघोषणा गरेका छन् । अन्य पदहरुमा कोको जाने भनेर छलफल भइनसकेको उनले बताए ।रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।
असार ७ रास्वपाको स्थापना दिवस पनि हो । बुर्लाकोटीका अनुसार महाधिवेशनको तयारी अहिले द्रुत गतिमा भइरहेको छ । पहिलो महाधिवेशनका लागि चितवन नै किन रोजियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा बुर्लाकोटीले यो जिल्ला पार्टीको इपिसेन्टर र देशकै भौगोलिक केन्द्रविन्दु भएको जवाफ दिए ।


