‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै

एटुजेड समाचार

काठमाडौँ – चलचित्र लालिबजार आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।

उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराइले चलचित्र शुक्रबारबाटै प्रदर्शनमा आउने बताए । यसअघि वैशाख १८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र उच्च अदालत पाटनको अन्तरिम आदेशको कारण रोकिएको थियो ।

बादी समुदायको कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय छ ।

षड्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । चलचित्र यम थापाले निर्देशन गरेका हुन्।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु