सल्यान – जिल्ला प्रहरी कार्यालय सल्यानभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम फेला परेको छ ।भवन निर्माणका लागि जग खन्ने क्रममा शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा बम फेला परेको हो ।बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी परिसरमा शंकास्पद वस्तु देखिएपछि उत्खनन् सुरु गरिएको थियो ।
उत्खनन् गर्दा शनिबार बिहान ११:२० बजेसम्मकाे समयमा कूल ८६ वटा बम फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । प्रहरीका अनुसार ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम बरामद भएको हो ।


