भरतपुर अस्पतालका अध्यक्ष डा. ढुण्डिराज पौडेलले दिए राजीनामा

एटुजेड समाचार

चितवन – भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. ढुण्डिराज पौडेलले पदबाट राजीनामा दिएका छन्। राजीनामासँगै उनले आफूले बुझेको सुविधा तथा भत्ता समेत फिर्ता गर्ने घोषणा गरेका छन् । उनले नैतिक जिम्मेवारी र पारदर्शितालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताएका छन्।

डा. पौडेल हालै मात्र मन्त्रीस्तरीय निर्णयबाट भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । उनले अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने योजना अघि सारेका थिए । राजीनामा पत्रमार्फत उनले औपचारिक रूपमा पद त्याग गर्दै, आगामी दिनमा पनि चिकित्सक तथा प्राध्यापकको रूपमा सेवा गर्न इच्छुक रहेको बताएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु