सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

एटुजेड समाचार

काठमाडौं –  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु