मौसम पूर्वानुमान : आज तीव्र हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

एटुजेड समाचार

काठमाडौं — देशका विभिन्न क्षेत्रमा आज तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिमका डडेलधुरा, डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, मधेसका धनुषा, बारा तथा कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको छ।

हावाहुरी साँझ करिब ५:४५ बजेदेखि सुरु भई भोलि बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको छ। पश्चिमबाट पूर्वतर्फ सर्दै जाने मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको प्रणालीका कारण देशका धेरै स्थान प्रभावित हुन सक्ने विभागले जनाएको छ।

आज देशभर चट्याङसहित मध्यमदेखि भारी वर्षाको पनि सम्भावना छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने अनुमान छ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु