चितवन — लायन्स क्लब अफ नारायणी चौतारीको १५ औँ वार्षिक अधिवेशन तथा फेमिली फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वैशाख १२ गते भरतपुर – २५ स्थित टाईगर वाईल्डलाईफ रिसाेर्टमा सम्पन्न गरिएको हो ।
अधिवेशनबाट वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। जसको अध्यक्षमा रेशमलाल फुयाल चयन भएका छन् भने प्रथम उपाध्यक्षमा विस्वनाथ पौडेल, द्वितीय उपाध्यक्षमा इन्द्रप्रसाद न्यौपाने र तृतीय उपाध्यक्षमा वासुदेव तिमिल्सिना चयन भएका छन्। सचिवमा MJF मेघनाथ बराल र कोषाध्यक्षमा नवीन श्रेष्ठ चयन भएका हुन् ।
लायन बर्ष २०२५/२०२६ का अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष MJF मेघनाथ बराल, कार्यक्रम संयोजक पुर्व अध्यक्ष हरि पौडेल रहेका थिए ।
अधिवेशनले आगामी वर्षका लागि विभिन्न सामाजिक तथा सेवा मूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै, सामाजिक क्षेत्रमा अझ प्रभावकारी रूपमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


