काठमाडौं – थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्ती खाली गरिएको छ।बस्ती खाली गर्ने क्रममा आफूहरू घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ
। काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा उनीहरुलाई रंगशालामा व्यवस्थापन गरिएको हो।
टहरा हटाउनु अघि नै स्वेच्छाले अन्यत्र स्थानान्तरण हुन चाहने परिवारलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यसम्म पुग्न मानवीय सहयोग, सवारी साधन तथा आवश्यक व्यवस्थापकीय सहयोग उपलब्ध गराएको थियो ।
सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत सुकुम्बासी बस्ती खाली गराएको हो । आज बिहानैदेखि सुकुम्बासी बस्तीका बासिन्दाहरुले आफनो सरसामान हटाएका थिए ।


