इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ नारायणगढद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ३९ जनाले गरे रक्तदान

एटुजेड समाचार

चितवन – नारायणगढको सहिदचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् ।

इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष रामचन्द्र भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि सुवेदीले “रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आकस्मिक बिरामी, दुर्घटनाग्रस्त तथा शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि रगतको आवश्यकता सधैं रहने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजन पिया अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सहभागीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानजस्तो मानवीय कार्यमा साथ दिन पाउँदा खुसी लागेको बताएका थिए।

आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय व्यवसायी, युवा तथा सर्वसाधारणको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको आयोजकले जनाएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु