चितवनमा १५ केजीभन्दा बढी गाँजासहित एक जना पक्राउ

एटुजेड समाचार

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आज भरतपुर महानगरपालिका–२९ चौकीडाँडा क्षेत्रमा सवारी चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको पिकअप गाडी (BR 01 PE 6943) बाट १५ किलो १६५ ग्राम गाँजा बरामद गरिएको हो।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त गाडी रोकी जाँच गर्दा सिटमुनी फ्ल्स बटन बनाइ लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको थियो । घटनामा संलग्न भरतपुर महानगरपालिका–२ पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गाँजाको अनुमानित मूल्य करिब ५ लाख ७५ हजार रुपैयाँ रहेको जनाएको छ। साथै, प्रयोग भएको सवारीसाधन समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु