भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो।
बालिका आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा बुधबार दिउँसो ३ बजेतिर लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।
भिरबाट लडेकी बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो। उनी करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। रासस


