त्रिभुवन विमानस्थलको उडान समय : अब दैनिक ७ घण्टा बन्द हुने

एटुजेड समाचार

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँग जोडिएका विभिन्न ट्याक्सीवेहरूको मर्मत, सुधार तथा विस्तार कार्यका लागि आगामी वैशाख ७ गतेदेखि विमानस्थलको नियमित उडान समयमा फेरबदल गरिने भएको छ ।

विमानस्थल प्रशासनले जारी गरेको आधिकारिक सूचना अनुसार, विमानस्थलको धावनमार्गको छेउमा रहेका ट्याक्सीवेमा निर्माण कार्य गर्नुपर्ने भएकाले सुरक्षाका दृष्टिकोणले रातिको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गर्न लागिएको जनाएको छ ।

नयाँ तालिका अनुसार आजदेखि आगामी जेठ ४ गते सम्म दैनिक रूपमा राति ११ः४५ बजेदेखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म बन्द रहनेछ । यस अवधिमा विमानस्थलको ग्राउन्ड मुभमेन्ट र सबै प्रकारका उडान तथा अवतरण सेवाहरू पूर्णतः ठप्प रहनेछन् ।

यो निर्माण कार्यका लागि दैनिक ६ घण्टा ४५ मिनेटको समय छुट्याइएको छ, जसका कारण विमानस्थल अब दैनिक १७ घण्टा १५ मिनेट मात्र सञ्चालनमा आउनेछ।

उडान समय कटौती भएपछि उक्त समयमा तालिका रहेका एयरलाइन्सहरूलाई आफ्नो उडान समय परिमार्जन गर्न वा दिउँसोको समयमा सार्न विमानस्थल कार्यालयले आग्रह गरेको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु