सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, चार जनाको मृत्यु, १४ जना घाइते

एटुजेड समाचार

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

उक्त नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएका सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मृत्यु हुनेहरुमा कुपिण्डे नगरपालिका-८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेका छन्।

जिपमा १८ जना सवार थिए। तीमध्ये १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरे सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु