संसद्का १२ समितिमा नयाँ सभापति, कुनमा को परे ? (सूचीसहित)

एटुजेड समाचार

काठमाडौँ – प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । 

शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसमदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायत उपस्थित थिए । 

  • अर्थ समिति : डा कृष्णहरि बुढाथोकी
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : सुम्निमा उदास
  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : रहवर अन्सारी
  • कानुन, न्याय तथा मानवअधिकार समिति : समीक्षा बास्कोटा
  • राज्य व्यवस्था तथा सुशासन समिति : हरि ढकाल 
  • सार्वजनिक लेखा समिति : भरतबहादुर खड्का 
  • महिला तथा सामाजिक मामिला समिति : आकृति अवस्थी 
  • पूर्वाधार विकास समिति : आशिष गजुरेल
  • कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति : अशोक चौधरी 
  • शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति : डा ओजस्वी शेरचन
  • संयुक्त समिति संसदीय सुनुवाइ समिति : बोधनारायण श्रेष्ठ 
  • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति : गणेश कार्की 

शिक्षा समिति र राज्यका निर्देशकमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन् । सभापति चयन गर्न भएको समितिको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गरेका थिए । 

निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् । नवनिर्वाचित सभापतिहरूले आजै आफ्नो समितिको कार्यालयमा पदबहाली पनि गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु