आईपीएल: चेन्नई सुपर किंग्सको जित, कोलकाता पराजित

एटुजेड समाचार

चेन्नई — चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ । १ सय ९३ रनको लक्ष्य लिएर आएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६० रनमात्र बनाउन सक्यो ।

५ खेलमा दोस्रो विजय हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिई आठौंमा पुगेको छ । कोलकाताले कुनै खेल जित्न सकेको छैन । ५ खेलमा चौथो पराजय भोगी कोलकाता १० टोली सहभागी प्रतियोगिताको पुछारमा छ ।

कोलकाताको सुरुआत राम्रो रहेन । फिन एलेन १ रनमै आउट भए । सुनिल नारिनले १७ बलमा समान २ चौका र छक्काका साथ २४, कप्तान अजिन्क्या रहानेले २२ बलमा २ छक्काका साथ २८, अङक्रिस रघुवंशीले १९ बलमा ३ चौका र १ छक्काका साथ २७ तथा रिंकु सिंहले ६ रन बनाए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु