नयाँ वर्ष संगै काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु

एटुजेड समाचार

काठमाडौं – साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरेको छ। नयाँ वर्षसँगै सुरु गरिएको यो सेवा राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

शुरुवाती चरणमा सेवा दुई मुख्य रुटमा सञ्चालन हुने बताइएको छ। पूर्व–पश्चिम रुटअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा प्रदान गरिनेछ।

रात्रीकालिन बस सेवाका लागि ७ वटा विद्युतीय बस प्रयोगमा ल्याइएको छ। वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको सेवामा स्थानीय तहहरूको पनि सहकार्य रहेको छ।

यात्रु सुरक्षालाई ध्यानमा राख्दै बसमा सीसीटीभी जडान गरिएको छ भने केन्द्रीय प्रणालीमार्फत निगरानी गरिनेछ। साथै, नगर प्रहरी परिचालन गरी सुरक्षालाई थप सुदृढ बनाइएको छ।

यात्रुले Sajha Plus एपमार्फत बसको अवस्थिति प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।
यो सेवा यात्रुको माग र आवश्यकता अनुसार आगामी दिनमा थप विस्तार गरिने समेत जनाइएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु