“कुखुरा व्यवसायी मञ्चको डायरी विमोचन तथा नयाँबर्षको शुभकामना आदान–प्रदान”

एटुजेड समाचार

चितवन – नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा २०८३ सालको डायरी विमोचन तथा नववर्षको शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ साल चैत्र ३० गते भव्य रूपमा सम्पन्न भएको छ। मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष टिकाराम पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष ऋषिराम पोडेल, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष तथा मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, बाग्मती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कडेंललगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा अध्यक्ष भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै आगामी वर्ष २०८३ लाई उद्योग–व्यवसायको विकास र समृद्धिको वर्ष बनाउने कामना व्यक्त गर्नुभयो। त्यसैगरी नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलले व्यवसायिक सहकार्य, समन्वय र एकताको आवश्यकता औंल्याउँदै शुभकामना मन्तव्य दिनुभयो।

विशिष्ट अतिथि त्रिलोचन कडेंलले समग्र उद्योग तथा पोल्ट्री क्षेत्रको वर्तमान अवस्थाबारे विश्लेषण गर्दै नयाँ वर्षले उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख अतिथि टिकाराम पोखरेलले पोल्ट्री व्यवसायको चुनौती र सम्भावनाबारे प्रकाश पार्दै एकता र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमको समापन मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईले धन्यवाद ज्ञापनसहित गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव ज्ञानबहादुर बिसुरालले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, पदाधिकारी, पूर्व अध्यक्षहरू तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु