मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा, एउटा कुकुर र स्कुटर

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेकी सीता वादीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

मन्त्री वादीले आफ्नो सम्पत्ति विवरणमा २० वटा कुखुरा, एउटा कुकुर र एउटा स्कुटर रहेको उल्लेख गरेकी छन् ।

मन्त्री वादीले आफूसँग तीनवटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको उल्लेख गरेकी छन् ।

उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी  पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी/प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् ।

उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु