प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण : बैंकमा १.४६ करोड, श्रीमतीको नाममा १९० तोला सुन

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन शाह सहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहको विभिन्न सम्पत्ति र आय स्रोत देखाइएको छ। विवरणमा अनलाइन कामबाट उनको बैङ्क खातामा करिब १ करोड ४६ लाख रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ । साथै सुन, जग्गा तथा पारिवारिक सम्पत्तिसम्बन्धी विवरण पनि समेटिएको छ।

बालेनको आमाको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघाह जग्गा रहेको तथा मधेश प्रदेशमा बुवाको नाममा करिब ९ बिघा जग्गा रहेको उल्लेख छ ।

विवरणमा उनको श्रीमतीको नाममा १९० तोला सुन रहेको, यससँगै केही व्यक्तिगत लगानी तथा अन्य आर्थिक विवरण पनि सार्वजनिक गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु