काठमाडौँ – नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ ।
कांग्रेसले आन्तरिक विवाद हुँदा अहिलेसम्म दलको नेता छान्न सकेको छैन । महामन्त्री गुरुराज घिमिरेले अब नेता चुन्न ढिला नगरिने स्पष्ट पारेका छन् ।
उनले भने,‘४ गते भएसम्म सहमतिमा गर्छौँ, नभए चुनावमै गएर भए पनि टुंग्याउँछौँ।’
उनले पार्टीले अहिले सहमतिको प्रयासलाई जोड दिइरहेको समेत बताए।
दलको नेतामा अर्जुननरसिंह केसी, भीष्म आङदम्बे, मोहन आचार्यलगायतको दावी रहेको छ।


