भरतपुर – भरतपुर महानगरपालिका–१० दिपेन्द्र चोकस्थित एक घरमा डेरा गरी बस्दै आएकी २५ वर्षीया मनिषा मगर मृत अवस्थामा फेला परेकी छन्।
उनी हिजो शनिवार साँझ करिब ८ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।


