उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको उम्मेदवारी

एटुजेड समाचार

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ ।

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिनुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु