स्वास्थ्यका लागि अमृत ‘पुदिना’! फाइदा त कति हो कति

एटुजेड समाचार

हाम्रो घर वरपर सजिलै पाइने पुदिना एक जडिबुटी हो । अचारको रूपमा प्रयोग गरिने पुदिनाको अत्यन्त धेरै औषधीय गुण पनि छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ ।

यी छन् पुदिनाका फाइदा :

– खाना नरुच्ने बेला पुदिना सेवन गर्नाले खाना खाना को रुचि बढाउछ।
– पुदिनाको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।
– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।
– पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।
– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।
– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।
– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।
– पुदिनाको सेवनले थकाइ लाग्ने समस्या पनि निको हुन्छ ।
– यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।
– यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।
– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।
– यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई/दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु