भोलीदेखी एसईई परिक्षा शुरु, चितवनमा १२ हजार ४५२ जना विद्यार्थी सहभागी हुँदै

चितवन – भोलीदेखी चितवन लगाएत देशैभर माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु हुँदै छ । भोली चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा चितवनमा यसवर्ष १२ हजार ४५२ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार परिक्षामा सामुदायीक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन लागेका हुन् ।

एकाईका सुचना अधिकारी रमेश अशिकारीका अनुसार जिल्लाका २४४ विद्यालयका १२ हजार ४५२ जना विद्यार्थी परिक्षामा सहभगी हुँदै छन् । यस मध्ये १० हजार ५६९ जना नियमित हुन भने १ हजार ८८३ ग्रेड बृद्धिका विद्यार्थी रहेको उनले बताए ।

उनका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थीहरुले परीक्षामा सहभागी हुने छन् । ३४ सामुदायिक बिद्यालय र ८ संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ । यसबर्ष चितवनमा गत वर्षको एसईईमा भन्दा यस वर्ष ७ विद्यार्थी कम सहभागी हुन लागेका छन् । परिक्षा शान्ता र मर्यादित बनाउन सबै तयारी पुरा भएको सुचना अधिकारी रमेश अशिकारीले बताए ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने जनाएको हो । एसइई परीक्षामा यसवर्ष देशभरबाट पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

Forbes

बोर्डका अनुसार तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।

यस्तो छ परीक्षा तालिका

चैत १९ गते बिहान ८ः०० बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु