काठमाडौं – बालेनको गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान बनाएको छ । यो गीत २४ घण्टाभित्र युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीत बनेको छ ।
शुक्रबार राती ८ बजे रिलिज भएको गीतलाई शनिबार राती ८ बजेसम्म ३७ लाख ४३ हजार ८१७ पटक हेरिएको छ । यो भ्यूज कुनै नेपाली गीतले युट्युबमा रचेको रेकर्ड हो ।
आइतबार दिउँसो २ बजेसम्म बालेनको यो गीतलाई युट्युबमा ४८ लाख ८८ हजार ८६६ पटक हेरिएको छ । प्रधानमन्त्रीमा सपथ लिनुअघि बालेन (बालेन्द्र शाह)ले आफ्नो युट्युब च्यानलबाट उक्त गीत रिलिज गरेका दिए ।
यसअघि दुर्गेश थापाको ‘जाने भए जाम माया’ले २४ घण्टाभित्र १६ लाख भ्यूजको रेकर्ड रचेको थियो, जसलाई ६ घण्टामै बालेनको नयाँ गीतले तोडिसकेको छ ।
बालेनको यो नयाँ गीत १२ वर्षअघि युट्युबमै आइसकेको रि-मास्टर्ड संस्करण हो । त्रिशला गुरुङ र रचना दाहालसँगको कोल्याबमा बनेका बालेनका थप दुई गीत पनि चाँडै आउँदैछन् ।


