बहुचर्चित गीत ‘को होला त्यो’ अब चलचित्रका रूपमा आउदै, अर्जुन बरालले निर्माण गर्ने

एटुजेड समाचार

चितवन –  बहुचर्चित गीत ‘को होला त्यो’ अब चलचित्रका रूपमा आउने भएको छ। अर्जुन बरालले यस चलचित्रकाे निर्माण गर्न लागेका हुन् ।

सुनिल गिरीको शब्द, संगीत र आवाजमा रहेको ‘को होला त्यो’ गीतले सार्वजनिक भएदेखि नै उल्लेखनीय चर्चा कमाएको थियो। सामाजिक सञ्जालदेखि विभिन्न सांगीतिक कार्यक्रमसम्म गीतले राम्रो प्रतिक्रिया पाउँदै आएको छ। यही लोकप्रियतालाई मध्यनजर गर्दै अब यसलाई चलचित्रको कथामा ढाल्न लागिएको निर्माता बरालले बताएका छन्।

चलचित्रको निर्देशन रंगमञ्चका निर्देशक पुष्प आचार्यले गर्ने तयारी भएको छ।निर्माता बरालका अनुसार गीतको भावनात्मक कथावस्तुलाई अझ विस्तार गर्दै प्रेम, रहस्य र सामाजिक सन्देश समेटिएको कथामा फिल्म निर्माण गरिनेछ। कलाकार छनोट, छायांकन मिति र अन्य प्राविधिक पक्षबारे चाँडै नै औपचारिक जानकारी सार्वजनिक गरिने जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु