काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले संसद सदस्यका रूपमा आफूले कुनै तलब, भत्ता तथा सरकारी सुविधाहरू नलिने घोषणा गरेका छन्।
पार्टीले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले सञ्चारकर्मीहरू समक्ष भने, “म सांसदको रूपमा तलब भत्ता वा कुनै सरकारी सुविधा लिने छैनँ । मेरो गाडी आफैं चलाउने छु । मेरो तलबको रकम GenZ आन्दोलनका घाइतेहरू र सहयोग आवश्यक रहेका दुई जना नानीहरूको पढाइका लागि दिनेछु।”
उनले आफ्नो यो कदमले राजनीतिक जीवनमा पारदर्शिता र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।
सुधन गुरुङको यो कदमले अन्य सांसद तथा राजनीतिक दलका नेताहरूमा पनि सामाजिक उत्तरदायित्व र नीतिगत उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


