चितवन – गायिका अन्जु पन्तले धन्यवाद शत्रु बोलको नयाँ गीत अन्जु पन्त अफिसियल च्यानलबाट रिलिज गरेकीछिन्। आफ्नै शब्द र स्वर र बीबी अनुरागीको संगीतमा ल्याइएको यो गीतमा गायिका पन्तले शत्रुलाई धन्यवाद् दिएकी छन् । आफुले जीवनमा अनेकौ चोट र घृणा सहनु परेको त्यो सबैको बावजुत पनि आज जे जति मान–सम्मान र सफलता पाएकी छु त्यसको कारण मैले पाएका गाली र घृणाहरु नै हुन ।
मन मुटु छेड्ने गरी आएका गाली र घृणाले मलाई सकारात्मक सोच्न सिकायो, अझै संघर्ष गर्न र बलियो बन्न सिकायो । त्यसैले मेरो ह्रदयबाट यो धन्यवाद् उहाँहरुलाई नै हो जसले शत्रु झैँ ब्यबहार गर्नुभयो । मेरो मनमा कसैप्रतिपनि कुनै नकारात्मक भावना छैन, गुनासो पनि छैन । केवल भन्न चाहन्छु धन्यवाद् ।
गीतको भिडियो स्टुडियोकै सेटिङमा खिचिएको छ । अर्जुन लोहार र सुनिता रसाइलीले खिचेको भिडियोलाई ताराकान्त विक र अर्जुन लोहारले सम्पादन गरेका छन् । गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
अन्जु पन्त नेपाली सुगम संगीत र पार्श्व गायनकी सुप्रसिद्ध गायिका हुन् । हरेक जनराका गीत गाउन अब्बल उनका हिन्दी र उर्दू गीत समेत छन् । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ गजल उनको सिग्नेचर गीत-गजल हो


