चितवन – चितवनमा २० प्रतिशत हाराहारी मत खसेको छ। मतदान सुरू भएको तीन घण्टा पूरा हुँदा चितवनमा २० प्रतिशत हाराहारी मत खसेको छ । चितवन जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बिहान १० बजेसम्म २० प्रतिशत मत खसेको जानकारी दिए ।
अपराह्न ५ बजेसम्म मतदानको समय रहेको छ । ३ निर्वाचन क्षेत्र रहेको चितवनमा कुल मतदाता ४ लाख ४२ हजार ८२ छन् । जिल्लाभर १६२ मतदान स्थलमा ४९२ मतदान केन्द्र छन् ।


