राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले मतदान गरे

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति बरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् । बरिष्ठ नेता बालेन शाहले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।

भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान ७ बजे नै मतदान गर्न पुगेका थिए । उनी अन्य मतदाताहरुसँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका बालेनले पनि आफूलाई भोट हाल्न पाएनन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु