होलीमा रमाए विदेशी पर्यटक

एटुजेड समाचार

कास्की – देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा सोमबार स्वदेशी तथा विदेशी पर्यटकले होली मनाएका छन् । विगतमा यहाँ भव्य रूपमा होली उत्सव मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम गरिएको थिएन, तर लेकसाइड क्षेत्रमा रहेका पर्यटकले स्थानीयसँगै मिलेर रङ्ग खेलेर होली मनाएका हुन् ।

रङ खेल्न पाउँदा पर्यटकहरू दङ्ग देखिन्थे । पोखरामा पहिलोपटक आएकी चिनियाँ पर्यटक सियोङले रङ खेलेर रमाइलो गर्दा धेरै खुसी लागेको बताए । “हामी धेरै खुसी भयौँ। नेपालीसहित साथीहरू मिलेर निकै रमाइलो गर्‍यौँ”, उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताका कारण होलीका लागि अनुमति नदिएपछि औपचारिक कार्यक्रम नगरिए पनि पर्यटकहरूले स्वतःस्फूर्त रूपमा रमाइलो गरेको रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए ।

“यति बेला पोखरामा विदेशी पर्यटक राम्रै छन् । उनीहरूले स्थानीयसँग मिलेर होलीमा रमाइलो गरेका हुन्”, उनले भने ।लेकसाइडको मुख्य सडक क्षेत्रसहित ताल किनारमा बसेर स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न रङमा रङ्गिएर रमाइलो गरेका हुन् । विगतका वर्षमा पोखरामा सार्वजनिक रूपमा होली उत्सव आयोजना हुने गरेको थियो ।

यस वर्ष भने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहितालाई मध्यनजर गरेर होलीलगायत अन्य सार्वजनिक कार्यक्रममा जिल्ला प्रशासनले रोक लगाएको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु