चितवन – अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसेज, चितवन शाखाको आयोजनामा ‘मेट्स एजुकेसन एक्स्पो २०२६’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
माघ १६ गते चितवनस्थित मेट्सको कार्यालय परिसरमा आयोजित उक्त एक्स्पोमा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको एक्स्पोमा अष्ट्रेलिया, क्यानडा र बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी भएका थिए।
सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरणबारे विस्तृत जानकारी प्राप्त गरेका थिए।
मेट्स चितवन शाखाका प्रबन्धक प्रकाश पौडेलका अनुसार एक्स्पोले विद्यार्थीहरूलाई सही शैक्षिक मार्गदर्शन प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उहाँले भन्नुभयो, “विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाउनुका साथै आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसन समेत लिन सफल भएका छन्।”
एक्स्पोमा कक्षा १२ उत्तीर्णदेखि ब्याचलर तथा मास्टर्स तह अध्ययन गर्न चाहने विद्यार्थीहरूले शैक्षिक परामर्श लिएका थिए।
विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता र कागजातका आधारमा छात्रवृत्ति अवसरबारे समेत परामर्श प्राप्त गरेका थिए।
कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो, जसबाट विद्यार्थीहरूले शैक्षिक ऋण तथा वित्तीय परामर्शसम्बन्धी जानकारी लिएका थिए।
साथै, सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो।
आयोजकका अनुसार उक्त एक्स्पोले चितवन तथा आसपासका विद्यार्थीहरूलाई विदेशी उच्च शिक्षाबारे प्रत्यक्ष, विश्वसनीय र व्यावहारिक जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।


