महेश बस्नेतको भन्छन् : घुमन्ते उम्मेदवारलाई घुमाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा उनले घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउन मतदाताहरूलाई आग्रह गरेका हुन् ।

‘अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ । घुमन्तेलाई घुमाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्,’ सचिव बस्नेतले सम्बोधनको क्रममा भने । साथै, उनले झापा लगायत देशभरका मतदाताले यसपटक रैथाने उम्मेदवारलाई नै मतदान गर्न पनि आग्रह गरे ।

‘म झापा लगायतका देशभरका मतदातालाई अनुरोध गर्न चाहन्छु, यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ । नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद,’ उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु