भरतपुर महानगरको प्रशासनिक भवन उद्घाटनका लागि चितवन आए ‘प्रचण्ड’

चितवन – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन् । उनी आज (बिहिबार) जहाजमार्फत भरतपुर बिमानस्थल हुँदै चितवन आएका हुन् ।

उनी भरतपुर महानगरको प्रशासनिक भवन उद्घाटनका लागि चितवन आएका बुझिएको छ । सो भवन गणतान्त्रिक मुलुकका पहिलो प्रधानमन्त्री दाहालद्वारा नै भोली उद्घाटन हुने छ ।

दाहाललाई बिमानस्थलमा स्वागत गर्न भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाली कम्युनिष्ट पार्टीक जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर्सी) पार्टीका जिल्ला अध्यक्ष घनश्याम दाहाल लगाएतका नेताहरु भरतपुर बिमानस्थल पुगेका थिए ।

भरतपुर महानगरपालिकाले नगर भित्र विभिन्न स्थानमा छरिएर रहेका मातहतका सरकारी कार्यालयहरुलाई एकीकृत गर्ने लक्ष्य र एकैथलोबाट सेवा प्रवाह गर्ने उद्येश्यले अत्याधुनिक सुविधासम्पन्न नयाँ प्रशासनिक भवन निर्माण गरेको हो ।

६ तल्ला सहित र २ सय २१ वटा कोठा रहेको यो विशाल भवन भरतपुरकै सबैभन्दा ठूलो प्रशासनिक संरचनामध्ये एक हुने अनुमान गरिएको छ। भवन अत्याधुनिक तवरले डिजाईन गरिएको छ जसभित्र प्रशस्त पार्किङ स्थल, सेवा–मैत्री कक्ष, बेरुङ–फेरुङ कार्यालय व्यवस्थापन, सेवाग्राहीका लागि सहज पहुँच र पारदर्शी सेवाको लक्ष्यसहित निर्माण भइरहेको संरचनाले भरतपुरको प्रशासनिक स्वरूप नै बदल्ने अपेक्षा गरिएको छ।

Forbes

भवन भित्र स्मार्ट सिटीमैत्री सेवाहरू, डिजिटल सिस्टम, हेल्प डेस्क र अत्याधुनिक सभाहल हुने भएकाले प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई समयको बचतसंगै सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु