भरतपुरमा यात्रुबाहक बस र स्कुटर एक-आपसमा ठोकिदा दुईजना गम्भीर घाइते

एटुजेड समाचार

चितवन – भरतपुरको रिजालचोकमा यात्रुबाहक बस र स्कुटर एक-आपसमा ठोकिदा दुईजना गम्भीर घाइते भएका छन् । आज (शुक्रबार) भरतपुरको रिजालचोक हुँदै हाकिमचोकतर्फ जाँदै गरेको प्रदेश २०३ ००२ प ५९०६ नम्बरको स्कुटर र वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना. ६ ख ९३६१ नम्बरको यात्रुवाहक बस एकआपसमा ठोकिँदा स्कुटर सवार दुई जना गम्भीर घाइते भएका हुन्।

प्रत्यक्ष दर्शीका अनुसार स्कुटर चालक अन्दाजी ५५/६० वर्षका रहेका थिए भने स्कुटर पछाडि एक महिला पनि रहेको बताइएको छ । घाइते दुवैलाई स्थानीय प्रत्यक्ष दर्शीहरूले उठाएर म्याजिकमा राखी हस्पिटल पठाएका छन्।

स्कुटर गाडीभित्र छिरेको अवस्थामा थियो भने घटनास्थलमा रगतका छिटाहरू देख्न सकिन्थ्यो। स्थानीय एवं गाडीमा सवार प्रत्यक्षदर्शीका अनुसार स्कुटर सवार दुवै जनालाई चोट लागेको बताएका छन्।

स्कुटर रङ साइडमा हिँड्दा दुर्घटना भएको स्थानीयहरूको भनाइ छ। बस र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु