भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती पक्राउ

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

भेनेजुयला विरुद्ध “ठूलो स्तरको” सैन्य आक्रमण सुरु गरेको छ अमेरिकी महान्यायाधिवक्ता पाम बोंडीका अनुसार मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोग दायर गरिएको छ।

बोंडीका अनुसार मादुरोमाथि “नार्को–आतङ्कवाद षड्यन्त्र, कोकिन आयात षड्यन्त्र, मेसिनगन तथा विनाशकारी उपकरणको अवैध कब्जा, र संयुक्त राज्य अमेरिका विरुद्ध मेसिनगन तथा विनाशकारी उपकरण राख्ने षड्यन्त्र” जस्ता आरोप लगाइएको छ।

“उनीहरूले छिट्टै अमेरिकी भूमिमा, अमेरिकी अदालतहरूमा, अमेरिकी न्यायको पूर्ण कठोरता सामना गर्नेछन्,” बोंडीले थपिन्। तर उनले मादुरोकी पत्नीमाथि के आरोप लगाइएको हो भन्ने कुरा स्पष्ट गरिनन्।

“यी दुई कथित अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूलाई पक्राउ गर्नका लागि यो अविश्वसनीय र अत्यन्तै सफल अभियान सञ्चालन गर्ने अमेरिकी सेनालाई धन्यवाद दिएको कुरा विविसी अनलाईन ले जनाएको छ! श्रोत विवीसी तस्बिर विकिपीडिया !

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु