एटुजेड समाचारको प्रभाव : हाकिमचोकको विबादित जेब्राक्रस मेटाईयो

चितवन – भरतपुर महानगरपालिका १० स्थित हाकिमचोकमा रहेको विबादित जेब्राक्रस मेटाईएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनले भरतपुर महानगरपालिका र सडक डिभिजनको समन्व्यमा सो जेब्राक्रस हटाएको हो ।

हाकिमचोकमा ३ वटा जेब्राक्रस एकै ठाँउमा थिए । जस्ले गर्दा पैदल यात्री र सवारीसाधन एकै ठाँउबाट पास हुँदा निकै भिडभाड, जोखिम र ट्राफिक जाम हुने गर्दथियो । सोही बिषयलाई लिएर एटुजेड समाचारले केही समय अघी समाचार र भिडियो रिपोर्ट प्रस्तुत गरेको थियो।

३ वटा जेब्राक्रस एकै ठाँउमा आवश्यक नभएको भन्ने गुनासो र बिबाद आईरहेको थियो । जसले गर्दा पदैल यात्री मात्रै नभएर त्यहाँका स्थानिय, वरपरका व्यापारीहरुले समेत जोखिम भयो भन्दै बिरोध गर्दै आएका थिए । ट्राफिक कार्यालयले भने हिजो (सोमबार) ३ वटा मध्य बिचमा रहेको एउटा जेब्राक्रस मेटाएको छ ।

अब दाँया र बाँया २ वटा जेब्राक्रस छन् । सोही स्थानबाट पैदल यात्री पास हुने छन् भने बिचमा मेटाएको जेब्राक्रसबाट सवारीसाधन पास हुने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले बताए ।

उनले भने, जेब्राक्रसको बिषयमा गुनासो आएपछी त्यसलाई व्यवस्थापनका लागि हामीले भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय गरिराखेका थियौं । सो स्थानमा पछील्लो समय बढीनै भिडभाड बढेपछि सर्वसाधरणको सुरक्षालाई मध्यनजर गर्दै छिट्टै मेटायौ ।

Forbes

उनले बीचको जेब्राक्रस हटाएपछी साइड साइडमा दुईवटा जेब्रा क्रसबाट पैदल यात्रीले क्रस गर्दा सुरक्षित पनि हुने र सवारीसाधनलाई पनि व्यवस्थित गर्न सजिलो हुने बताए । सडकलाई अझ व्यवस्थित गर्नका लागि ट्राफिक लाइट जडानका कामहरु पनि छिट्टै सुरु गर्ने उनले बताए ।

यस्तै उनले जेब्राक्रस भएका ठाउँमा बाटो क्रस गर्दा दायाँबायाँ हेरेर मात्रै क्रस गर्न र सवारी साधनले पनि गतिसीमित गरेर पैदल यात्रीलाई पहिलो प्राथमिकताका साथ राखेर सवारी चलाउन आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु