भरतपुरको मुख्य चोकहरुमा ट्राफिक जाम, जनशक्तिले भ्याएसम्म खटिएकै छौँ : ट्राफिक प्रमुख

चितवन – यतिबेला भरतपुरका मुख्य चोक, बजारहरु अस्तव्यस्त बनेका छन् । बिशेषगरी भरतपुरको हाकिम चोक, चौबिसकोठी, पुल्चोक, सहिदचोक, लायन्सचोक, बिशालचोक लगाएतका चोकहरु अस्तव्यस्त बनेका हुन् ।

हाल नारायणगढ-पुल्चोक गोन्द्राङ सडक छ लेनमा विस्तार भएको छ। त्यसैगरी बाइपास रोड पनि फराकिलो बनाइएको छ। सो सडक बीचमा डिभाइडर लगाइएको छ। जसकारण सजिलै बाटो क्रस गर्ने र सवारीसाधन पास हुने ठाउँ छैन ।

मुख्य चोकहरुबाट मात्रै गाडी र सर्वसाधरणहरु पास हुने गर्दछन् ।एकैपटक चोकहरुमा सवारीसाधन र यात्रु पास हुने हुँदा सडक अस्तव्यस्त बनेको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म यो सडक क्षेत्रमा अत्याधिक भिड हुने गर्दछ । स्कुल कलेजका विद्यार्थी, स्कुल कलेजका गाडी, अफिस जाने सवारीसधनको भिड हुन्छ । पैदल यात्री पनि सहजै हिँड्न सक्ने अवस्था छैन ।

त्यसकारण सामाजिक सन्जालदेखी विभिन्न ठाउहरुमा सर्वसाधारणहरुको गुनासो बढ्दै गएको छ । पछिल्लो विकासक्रमसँगै निजी सवारी साधन बढेका छन्। त्यसैगरी अटो म्याजिक लगायतका सवारी साधन सडकमा छरपस्टै देख्न सकिन्छ। छ लेनमा निर्माण भएको सडकको सर्भिस लेनतर्फ सवारी साधन पार्किङ हुने गर्दछ ।

Forbes

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक अनिल थापाले आफ्नो जनशक्तिले भ्यायसम्म सडकमा ट्राफिक प्रहरीहरू खटिएको बताएका छन्। उनले बिहान र बेलुका पिक टाइमको समयमा केही भिडभाड हुन्छ हुने र आवश्यक जनशक्ती कम हुँदा कहिलेकाही केही समयमा समस्या भएको हुन सक्ने बताए । जसकारण कतिपय समयमा भिडभाड बढी भएका स्थानहरुमा आँफै पनि खटिएको उनले बताए ।

उनी भन्छन्, जनशक्ती अनुसार अन्य चोकहरुमा ट्राफिक प्रहरी खटाएका छौं । हाकिमा चोकमा भने तीन वटा जेब्रा क्रसिङ्ग एकै ठाउँमा भएको हुँदा त्यहाँ बनेको संरचनाले पैदल यात्रीसँगै सवारीसाधन पास हुँदा भिडभाड बढी भएको छ ।

त्यसको व्यवस्थापनका लागि सडक बिभाग र भरतपुर महानगरपालिकासँग समन्व्य भईरहेको छ । छिट्टै नै भरतपुरका सडकमा ट्राफिक लाइट जडान हुँदै छन् । लाइट जडान भएपछी यस्तो समस्या कम हुने उनको भनाइ छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु