चितवनका पेट्रोल पम्पमा उपभोक्ताको लाइन

चितवन – चितवनका पेट्राेल पम्पहरूमा उपभाेक्ताकाे लामाे लाइन छ। पेट्रोलको अभाव भएको भन्दै सर्वसाधारणहरुले आज बिहानै देखी पेट्रोल पम्पमा तेल हाल्नका लागि लामो लाईन लगाएर बसिराखेका छन् ।

चितवनमा हालसम्म तेलको अभाव नभएको चितवन पेट्रोलियम डिलर्स एसोसिएसन चितवनका अध्यक्ष शर्मिला सेडाईले बताईन्। उनले भनिन्, २३ र २४ गतेको बिषम परिस्थितीका कारण तेल बोक्ने ट्यांकरहरु आयल निगम जान सकेनन् त्यसैले तेल स्टक भने छैन र हालसम्म अभाव नै पनि भईसकेको छैन ।

जहाँ सम्म पेट्रोल लिन गएका ट्यांकरहरु आजबेलुका सम्ममा आइपुग्यो भने अभाव नहुने उनले बताइन् । आयल निगममा पेट्रोल नभएर होइन प्रशस्त छ,  यहाँ दुईदिने बन्दले थोरै प्रभाव पारेको हो ।  त्यसको समाधान हुन्छ उनले भनिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु