चितवनमा भाद्र १९ गतेदेखि ‘महिला उद्यमी मेला–२०८२’ हुँदै

चितवन – चितवनमा ‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने भएको छ। उद्योग वाणिज्य संघ चितवन महिला उद्यमी विकास समितिको आयोजनामा यही भाद्र १९ गतेदेखि २३ गतेसम्म ‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने भएको हो ।

‘महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ। मेला उद्योग वाणिज्य संघ परिसरमै हुने छ ।

सो मेलामा ३० वटा स्टल रहने छन । मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरुको प्रदर्शनी गरिने कार्यक्रम संयोजक अस्मिता रिजालले जानकारी दिईन् । एकल महिला, दुर्गम क्षेत्रका महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने उनले जानकारी दिईन् ।

पाँच दिने मेला अवलोकन गर्न करिब १५ हजार दर्शकको उपस्थिति रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । मेलाबाट करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उनको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु