अष्ट्रेलियाको दुई शहरमा ‘पीआर’ को रेड कार्पेट प्रिमियर शो हुने

एटुजेड समाचार

अष्ट्रेलिया  – विदेशमा रहेका नेपाली विद्यार्थीको संघर्ष र नेपालमा बसेका परिवारको पीडा समेटिएको नेपाली फिल्म ‘पीआर’ को अष्ट्रेलियाका दुई शहरमा रेड कार्पेट प्रिमियर शो हुने भएको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्र अगस्ट ९ र १२ मा अष्ट्रेलियाको सिड्नी र न्यू क्यासलमा विशेष रेड कार्पेट प्रिमियर मार्फत सार्वजनिक गरिँदैछ।

निर्माण टिमका अनुसार, पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई स्क्रिनमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना हुनेछ।

फिल्मको अष्ट्रेलिया प्रिमियरको व्यवस्थापन आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीले सम्हाल्ने जिम्मेवारी लिएका छन्।

शोभित बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा नेपाली चलचित्र जगतका दिग्गज कलाकारहरू नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीको विशेष भूमिका रहेको छ। फिल्मले नेपाली समाजका यथार्थभित्र लुकेका भावना, अप्ठ्यारा निर्णय र दुई पुस्ताबीचको भावना समेट्ने कोसिस गरेको छ।

Forbes

‘पीआर’ ले प्रवासमा रहेका हजारौँ नेपाली विद्यार्थीका सपनासँगै उनीहरूको जीवनका चुनौती र नेपालमा रहेका परिवारका आशा-पीडालाई कलात्मक ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु