चितवन – राइट एण्ड एसोसिएट्सको २५ औं वार्षिक उत्सवको अवसरमा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राइट एण्ड एसोसिएट्स चितवनको आयोजनामा आज (बिहीबार) भरतपुरको लायन्सचोक स्थित आफ्नै कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बिहान ६ बजे देखी १० बजे सम्म सन्चालन भएको उक्त रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए । जसमा पुरुष ५८ र महिला ८ जनाले रक्तदान गरेको राइट एण्ड एसोसिएट्स चितवनका रिजनल डाइरेक्टर देबेन्द्रराज रेग्मीले बताए । यसमध्य ३० जनाले पहिलोपटक रक्तदान गरेका थिए ।
राइट एण्ड एसोसिएट्स चितवनले अस्ट्रेलिया, अमेरिका, क्यानडा, युके, न्युजिल्याण्डर, आयरल्यान्डका लगाएत देशमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आईरहेको छ ।
सन् २००१ मा काठमाडौंबाट सेवा दिन शुरु गरेको संस्थाले चितवनमा भने सन् २०१३ मा शाखा बिस्तार गरेको हो । संस्थाको चितवन बाहेक काठमाडौं, पोखरा र बुटवलमा पनि शाखा रहेको छ ।


